सशष्त्र प्रहरीका ७ जवान ठग्ने सिन्धुपाल्चोकका सापकोटा पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको युएन मिसनमा पठाइ दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचनाका आधारमा उनलाइ पक्राउ गरिएको हो । सो सुचना प्राप्‍त हुनासाथ यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले सापकोटालाई सोमवार  दिउँसो ३ः०० वजे जिल्ला काठमाण्डौ दक्षिणकाली–०५ फर्पिङबाट पक्राउ गरिएको हो । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको छ ।

प्रहरीका अनुसार  सशस्त्र प्रहरी बलमा कार्यरत ७ जना प्रहरी कर्मचारीहरुबाट मिसनमा पठाउने भन्दै रकम लिएको खुल्न आएको छ । र, उनी विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैकिंङ कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका कसूरमा पक्राउ परी कानूनी कारवाही भएका ब्यक्ति भएको पनि खुल्न आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्