नवौँ अर्किड कप : चौथो दिन पाँच खेल सम्पन्न, यी हुन् विजेता स्कुलहरु !

काठमाडौँ – नवौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८१ को आज चौथो दिन सोमबार  पनि ५ खेल सम्पन्न भएका छन् । दर्शना स्कुललाई ४-० गोल अन्तरले पराजीत गर्दै  पीपीबीएस स्कुलले आज भएको पहिलो खेलमा जीत निकालेको छ । पीपीबीएसका सोनिक गौतम र दिपक शाहले समान दुइ गोल गरे भने दर्शनाका रोहित खड्का म्यान अफ द म्याच घोषित भए ।

यस्तै आजै भएको दोस्रो खेलमा उज्वल तारा स्कुल विजयी भएको छ । एआइएसँग भएको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउन मार्फत उज्वलतारा स्कुल ४-३ गोल अन्तरले बिजयी भएको हो । एआइएका अविष्कार म्यान अफ द म्याच घोषित भए । आजै सम्पन्न भएको तेस्रो खेलमा गोल्डेन बड स्कुल विजयी भएको छ । नेपालतारासँग पेनाल्टी मार्फत गोल्डेन वडले जीत निकालेको हो । पेनाल्टीमा ‍‍ गोल्डेन वडले ३ गोल गर्दा नेपाल ताराले २ गोल मात्र गर्न सक्यो । यस खेलमा नेपाल ताराका सरोज रिमाल म्यान अफ दि म्याच घोषित भए ।

यस्तै आजै भएको चौथो खेलमा पीक प्वाइन्ट स्कुल बिजयी भएको छ । कान्तिपुरलाइ २-० गोल अन्तरले पराजीत गर्दै पीक प्वाइन्ट जीत निकालेको हो । कान्तिपुरका इसान सापकोटा म्यान अफ दि म्या बन्न सफल भएका छन् ।  गणेश हिमाल र ग्रामर स्कुलबीच आजै भएको पाँचौ खेलमा ग्रामर स्कुल विजयी भएको छ । गणेश हिमाललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।  ग्रामरका दिपक तामाङले ४ गोल गरेका थिए । गणेश हिमालको स्वीकार तामाङ म्यान अफ दि म्याच घोषित भए ।

अहिलेसम्म नवौँ अर्कीड कपका २२ खेल सम्पन्न भएका छन् । यहि फागुन २ गते बाट सुरु भएको नवौँ अर्कीड कप १० गते समापन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्