भीरबाट लडेर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ –  बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय जयसिंया भीरमा घाँस काट्ने क्रममा लडेर दिपाको घटनास्थलमै मृत्यु भएको हो। मृतक महराका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। घरमा ८ महिने छोरा छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्