काठमाडौँ – नवौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८१ को आज तेस्रो दिन आइतबार पनि ७ खेल सम्पन्न भएका छन् । पहिलो खेल ओरेन्टल र एआइए स्कुल स्कुलबीच भएको हो । एआइएले १ गोल गर्दा ओरेन्टलले गोल गर्न सकेन । यस खेलमा ओरेन्टलका रोसन रकावल म्यान अफ दि म्याच भए ।
दोस्रो खेल नेपाल तारा र भिमेश्वर एकेडेमीबीच भएको छ । यस खेलमा ३-० गोल अन्तरले नेपाल ताराले जीत हासिल गरेको छ । यस खेलमा भिमेश्वरका मिलन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
आजै सम्पन्न भएको तेस्रो खेलमा हाइली स्कुल विजयी भएको छ । लाइसियम र हाइली दूवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी मार्फत हाइलीले जीत निकालेको हो । पेनाल्टीमा हाइलीले ३ गोल गर्दा लाइसियमले २ गोल मात्र गर्न सक्यो । यस खलेलमा लाइसिएमका प्रतिक खड्का म्यान अफ दि म्याच घोषित भए ।
यस्तै आजै भएको चौथो खेलमा वेष्ट ग्रुप भिजन विजय भएको छ । भीएस निकेतनलाई ४-० गोल अन्तरले पराजीत गर्दै वेष्ट ग्रुप भिजनले जीत निकालेको हो । वेष्ट ग्रुप भिजनले ४ गोल गर्दा भिएस निकेतन गोल रहित रहन पुग्यो । भिएस निकेतनका श्रीयान्स गौतम म्यान अफ दि म्या बन्न सफल भएका छन् । सीबीआइए र हिलारीबीच आजै पाँचौ खेल सम्पन्न भएको छ । हिलारीका प्रितम यादवले २ गोल गरे भने सीबीआइएले गोल गर्न सकेन । यस खेलमा निश्चलजंग ठकुरी म्यान अफ दि म्याच घोषित भए । यस्तै आजै भएको छैटौं खेलमा पिक पोइन्टले जीत निकाले छ । अर्किड बी लाई पराजीत गर्दै पिक पोइन्टले जीत निकालेको हो । पिक पोइन्टका युजन श्रेष्ठले २ गोल गरे भने अर्कीड बी ले गोल गर्न सकेन । म्यान अफ दी म्याच भने अर्कीड बी का सगुन श्रेष्ठ भए । आज भएको अन्तिम खेलमा ग्रिनवीच स्कुल विजयी भएको छ ।
अहिलेसम्म नवौँ अर्कीड कपका १७ खेल सम्पन्न भएका छन् । यहि फागुन २ गते बाट सुरु भएको नवौँ अर्कीड कप १० गते समापन हुनेछ ।