अर्किड कप : शनिबार ६ खेल सम्पन्न, यी हुन् विजेता स्कुलहरु

काठमाडौँ – नवौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८१ को आज दोस्रो दिन ६ खेल सम्पन्न भएका छन् । पहिलो खेल  ग्लोबल पब्लिक स्कुल र मोनास्टिक स्कुलबीच भएको हो । जसमा ग्लोबल ३-१ गोल अन्तरले विजयी भएको छ । ग्लोबलका कृष ठाकुर, सागर श्रेष्ठ र विदुर बरालले समान १-१ गोल गरेका थिए । मोनास्टिकका सौर्या ओलीले  प्रत्युत्तोर  गोल गरे  ।  मोनास्टिकका सौर्या ओली  म्यान अफ दि म्याच भए ।

यस्तै आजै एकलब्य र दर्शना स्कुलबीच दोस्रो खेल भएको छ । दुबैबचीको यो खेलमा दर्शना स्कुल विजयी भएको छ ।

आज भएको तेस्रो खेल गेटवे एकेडेमी र वीनायक स्कुलबीच भएको छ । जसमा  विनायकलाइ ३–० गोल अन्तरले पराजित गर्दै गेट वे विजयी भएको छ । गेट वे का कृजल श्रेष्ठले १ र अनुप तामाङले २ गोल गरेका थिए । विनायकका प्रनिस तामाङ म्यान अफ द म्याच भए ।

यस्तै आजै भएको चौथो माउण्ट सेव ५-४ गोल अन्तरले विजयी भएको छ । सञ्जय साही  स्कुललाई ५-४ गोल अन्तरले पराजित गर्दै माउन्ट सेव विजयी भएको हो । दुवै टिमले समान १-१ गोल गरेपछि जीतका लागि पेनाल्टी मार्फत माउन्ट सेवले जीत पक्का गरेको हो । माउन्ट सेवले ५ गोल गर्दा  सञ्जय साही स्कुलले ४ गोल मात्र गर्न सक्यो ।  सञ्जय साही स्कुलका प्रिन्स दुतराज म्यान अफ द म्याच भए ।

यस्तै आज भएको पाँचौ खेलमा नेक्सस विजयी भएको छ । प्रितिमा स्कुललाई ३-० गोल अन्तरले पराजीत गर्दै नेक्सस विजयी भएको हो । यस खेलमा प्रितिमाका रेनिस पौडेल म्यान अफ द म्याच भए ।

यस्तै आज भएको अन्तिम खेलमा गणेश हिमाल विजयी भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्