नवौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता सुरु

 

काठमाडौं – अर्किड सेकेन्डरी स्कुलको आयोजनामा शुरु भएको अर्किड कप जुनियर फुटबल प्रतियोगिता विद्यार्थीहरूबीच फुटबल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन गरिएको छ। उद्घाटन समारोहमा विशेष व्यक्तित्वहरूको उपस्थिति तथा जोशपूर्ण खेल प्रदर्शनले प्रतियोगितालाई भव्य बनाएको छ।

प्रतियोगिताको उद्घाटन र प्रमुख अतिथिहरूको भनाइ

शुक्रबार अर्किड स्कुल प्राङ्गणमा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले खेल क्षेत्रको महत्व उजागर गर्दै विद्यार्थीलाई खेलकुदमा सक्रिय हुन प्रेरित गरे। उनले भने, “कतिपय राष्ट्रप्रमुखहरूलाई चिन्न कठिन हुन्छ, तर उत्कृष्ट खेलाडीहरू विश्वभर सजिलै चिनिन्छन्। खेलकुदले देशको मात्र नभई विश्वको पहिचान पनि बनाउँछ।”

त्यसैगरी, विशिष्ट अतिथि अर्थविद् डा. रेवत बहादुर कार्की, वडा अध्यक्ष अनिल थापा, प्याब्सन काठमाडौं अध्यक्ष नवराज भट्ट, एन-प्याब्सन काठमाडौं अध्यक्ष अमृत खड्का, नगर शिक्षा अधिकृत एकेन्द्र ढकाल लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले प्रतियोगिताको सफलताको शुभकामना दिए।

विद्यालयका संस्थापक अध्यक्ष प्रेम कुमार भुजेलले प्रतियोगिताको महत्व दर्शाउँदै खेल अनुशासन, नेतृत्व क्षमता र टीम वर्कको विकासमा टेवा पुर्‍याउने बताए। विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले प्रतियोगिता सञ्चालनमा योगदान दिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगिता निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

पहिलो दिनका खेल नतिजाहरू

प्रतियोगिताको पहिलो दिन रोचक प्रतिस्पर्धा देखियो।

✅ पहिलो खेल – आयोजक अर्किड ‘बी’ टिमलाई १-० गोलले हराउँदै न्यू स्टार पोल विजयी
✅ दोस्रो खेलकौस्तुभ एकेडेमी ले बेल पुष्पा शिक्षालय लाई ४-० गोलले पराजित
✅ तेस्रो खेलहिलारी स्कुल गौरिघाट ले बाल गीतााञ्जली लाई ३-२ गोलले हराउँदै अर्को चरणमा प्रवेश
✅ चौथो खेललिम्पिया ले निर्मल ज्योती लाई ३-२ गोलले पछि पार्दै अगाडि बढ्यो

प्रतियोगिताको निरन्तरता र समापन मिति

प्रतियोगिता फागुन १० गते समापन हुने विद्यालयले जनाएको छ। विभिन्न विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूबीच प्रतिस्पर्धा भइरहेको छ। आयोजक विद्यालयले उत्कृष्ट खेल प्रदर्शन गर्ने टिमलाई पुरस्कृत गर्ने बताएको छ।

प्रतियोगिताका मुख्य प्रायोजक आशा बुक तथा युनिक पुस्तक प्रकाशन प्रा. लि. रहेका छन्। आयोजक विद्यालय तथा सहभागी टिमहरूले प्रतियोगितालाई सफल बनाउन उत्साहपूर्वक सहभागिता जनाइरहेका छन्।

विद्यालय प्रशासनका अनुसार प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदप्रति झनै रुचि जागरण गराउने विश्वास लिइएको छ। खेलकुदको माध्यमबाट विद्यार्थीको मानसिक तथा शारीरिक विकास हुने भएकाले यस्ता प्रतियोगिताको निरन्तरता आवश्यक रहेको आयोजकले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्