आठ किलो लागूऔषधसहित दुई युवक पक्राउ

सांकेतिक तस्बिर

धनगढी – कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले बझाङका दुई युवकलाई पक्राउ गरेको छ।

बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोही ठाउँका अमर बहादुर रोकायलाई इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट पक्राउ गरेको जनाएको हो।  उनीहरूलाई चेकजाँच गर्दा महेन्द्र बहादुर रोकायको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुर रोकायको साथबाट ४ किलो ५८७ ग्राम गरी जम्मा ८ किलो ९२६ ग्राम लागूऔषध बरामद गरेको प्रहरीले जनाको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्