कञ्चनपुर — भीमदत्त नगरपालिका–१२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ करिब ७:४५ बजे अनियन्त्रित मोटरसाइकल विद्युत पोलमा ठोक्किँदा घटनास्थलमै उनीहरूको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीका अनुसार सु.प.प्र ०१०१२प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटनामा भीमदत्त नगरपालिका–१३ का २१ वर्षीय कैलाशसिंह साँउद र २२ वर्षीय गणेश बिष्टको मृत्यु भएको हो। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।