ग्वाटेमालामा बस दुर्घटना परी ५१ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोकको घोषणा

काठमाडौं – ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ ।

यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक आपसमा ठोक्किए पछि बस ३५ मिटर गहिरो नालीमा खसेको थियो ।

आधा बस नालीमा डुबेको थियो । जसका कारण मानिसहरु बसबाट बाहिर निस्कने मौका पाएनन । बस प्रोग्रेसोबाट शहर आउँदै थियो। यसै क्रममा ग्वाटेमालाका राष्ट्रपतिले यस घटनामा ३ दिनको बिदाको घोषणा गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्