राजनीतिक दलहरु गम्भीर नहुँदा कानून निर्माण हुन सकेनन्ः प्रमुख सचेतक परियार

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भीर नहुँदा कानून निर्माण हुन नसकेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिक पार्टीका कारणले कानून निर्माण नभएको दबी गर्दै उहाँले संसदले कानून निर्माण गर्न नसकेको भन्नेकुरा सत्य नरहेको बताउनु भयो । उहाँले अहिलेसम्म पनि आधारभुत संविधान कार्यान्वयन गर्ने कानून बनाउन नसक्नु दुःखको विषय भएको बताउनु भयो । संविधान कार्यान्वयन नगर्ने अनि प्रणालीलाई दोष दिएर उम्किने काम गर्न नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसदले कानून निर्माण गर्न नसकेको होइन । गम्भीर भएर राजनीतिक पार्टीहरुले सोच्नुपर्छ । राजनीतिक पार्टीका कारणले कानून निर्माण नभएको हो । संसद भनेको कुर्सी र टेबल होइन । त्यहाँ राजनीतिक पार्टीहरु छन् । ति पार्टीहरुका कारणले कानून निर्माणमा गम्भीरताका साथ काम नगरिदिएका कारणले संसदले कानून निर्माण गर्न सकेन । यत्तिका समयसम्म पनि आधारभुत संविधान कार्यान्वयन गर्ने कानून बनाउन सकेका छैनौँ । आज आएर प्रणालीलाई दोष दिने ।’

उहाँले संविधानको कार्यान्वयन नै नगरी पुनरावलोकनको कुरा नआउने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्