एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा यथाशिघ्र पेश गर्न संसदीय समितिको निर्देशन

काठमाडौं- एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधवार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेश गर्नसरकारलाई निर्देशन दिएको हो । बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले समितिले निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशिघ्र नियुक्ति गर्न निर्देशन दिने निर्णय गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेश गर्न नेपाल सरकारलाई निर्देशन दिने । 
निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशिघ्र नियुक्ति गर्न निर्देशन दिने ।’ 

समितिले आजको बैकठमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणासम्बन्धी छलफल गरेको हो । —न्युज एजेन्सी नेपाल

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्