टेलिकमका २०१ कर्मचारीलाई ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक प्रदान

काठमाडौं – नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । सो अवसरमा २०१ जना कर्मचारीहरुले दीर्घ सेवा पदक पाएका छन् । जसमा २० वर्ष सेवा अवधि पूरा गरेका २०१ जना कर्मचारीहरुलाई पाँचग्राम सुन र केही चाँदी मिसिएको तक्मा र सरकारी स्केल अनुसार एक महिनाको तलब दिइएको छ ।  पदक पाउनेहरुमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरु छन् । उनीहरुलाई एक महिना बराबरको तलब समेत थपेर दिइएको छ ।

पदक पाउने कर्मचारीहरु २०५८ कात्तिक २२ देखि २०६१ माघ १० गतेसम्म स्थायी भएकाहरु छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्