भारतले छुट्यायो नेपालका लागि ७ सय करोड भारू अनुदान

काठमाडौँ – भारतले नेपाललाई दिने अनुदान रकम यसपटक यथावत् राखेको छ । भारतीय संसद्‍मा अर्थमन्त्री निर्मला सीतारमणले आज भारतको बजेट २०२५/२०२६ सार्वजनिक गरेकी छन् । साे बजेटमा विदेश मन्त्रालय अन्तर्गत राखिएको बजेटमा नेपाललाई सात सय करोड (भारु) दिने उल्लेख छ ।

भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान वृद्धि गरेको थियो । आर्थिक वर्ष २०२३/०२४ मा ६५७.३८ करोड (भारु) छुट्ट्याइएको थियो । त्यसमा वृद्धि गरी २०२४/०२५ मा ७०० करोड (भारु) पुर्‍याइएको थियो । त्यसलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्