कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाकाे चुरे क्षेत्रमा तस्करहरुकाे राज देखिएको छ । अधिकांश ट्याक्टर व्यवसायी अवैध ढुंगा तस्करीको कारोबारमा लागेका छन। शुक्लाफाँटा नगरपालिका-८ स्थित कालिका सामुदायिक बन र भगवती सामुदायिक बन क्षेत्रबाट अधिकांश समयमा अवैध ढुंगा ओसारपोसार गरिने गरेको छ । सुरक्षा बलले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएका छन्, जसमा अबैध रूपमा चोर्ने ढुंगा लोड गरिएको थियो।
स्थानीय स्रोतका अनुसार, चुरे क्षेत्रमा तस्करहरूको गिरोहले अबैध ढुंगा उत्खनन र तस्करीको कारोबार चलाइरहेको छ, जसको कारण पर्यावरणीय संकट समेत बढिरहेको छ। यस घटनामा संलग्न ट्याक्टरहरूमा ठूलो मात्रामा ढुंगा लोड गरिएको थियो र ती ढुंगा विभिन्न स्थानमा बिक्री गर्न लगिएको थियो।
तर, यस घटनामा क्षेत्रीय प्रशासन र वन विभागको मौनता सवाल बनिरहेको छ। जिल्ला बन कार्यालय र डिभिजन बन कार्यालयले यस घटनाबारे कुनै टिप्पणी गर्न चाहेका छैनन्। स्थानीय नागरिक र सरोकारवालाहरूले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउनको लागि प्रशासनको ध्यानाकर्षण गरिरहेका छन्।
स्थानीय उपभोक्ताहरूले भने, “वन क्षेत्रको अतिक्रमण र पर्यावरणको ध्वंस सँगै तस्करीको कारोबार पनि बढिरहेको छ, जुन निकै चिन्ताजनक विषय हो।” यस विषयमा थप अनुसन्धान र कडा कारवाहीको आवश्यकता रहेको पनि उनीहरूको भनाइ छ।
बरु स्थानीयबासी भने, “अवैध तस्करीका घटनाहरूलाई रोक्नको लागि निगरानी कडा गरिरहेका छौँ ।” यसबिषयमा स्थानीयहरुले अख्तियारमा उजुरी समेत गरेका छन् । शुक्लाफाँटा नगर प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्मा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो। शुक्लाफाँटाको वडा नं. ८ स्थित गौडी खोलामा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका सुपप्र ०२००१ त १७०९, से १ त ७८२२, से २ त ३८०३ र सुपप्र ०१००२ त ६७६८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ। नगरपालिकाले आवश्यक कारबाही गर्ने उनको भनाई छ।