सिरियाका नवनियुक्त अन्तरिम राष्ट्रपति अहमद अल–शाराले राष्ट्रलाई आफ्नो पहिलो सम्बोधनमा देशको संक्रमणको लागि आफ्नो प्रशासनको मार्गचित्र प्रश्तुत गर्नुभएको छ । सिरियाको राजनीतिक भविष्यमा विधायी ढाँचा र राष्ट्रिय संवाद स्थापना गर्ने प्रतिवद्धता जनाउनु भयो ।
आफ्नो नियुक्तिको एकदिन पछि बोल्दै अल–शाराले अघिल्लो संसदको विघटनपछि अस्थायी विधायी परिषद् चयन गर्ने जिम्मेवारी दिइएको तयारी समिति गठनको घोषणा गर्नुभयो । अन्तरिम नेताले राष्ट्रिय संवाद सम्मेलनको योजना पनि खुलासा गर्नुभयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।