सहकारीमा रकम वचतको ग्यारेन्टी आजको आवश्यकताः सभापति देउवा

काठमाडौँ –  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरुको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभपति देउवाले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले आम नागरिकहरुले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा वचत कर्ताहरु पीडित भएको बताउनु भयो । सरकारले समयानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महशुस गरेर अध्यादेश ल्याएको बताउनु भयो । उहाँले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखा परेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गरी वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध छ । आम नागरिकहरुले अत्यन्त दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ वचत कर्ताहरु सहकारी पीडित भएका छन् ।

त्यो रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा वचतकर्ताहरुको वचतको ग्यारेन्टी हुनुपर्दछ र आजको आवश्यकता पनि त्यही हो । सहकारीकै कारण सामुदायिकको स्वावलम्वीकरण, गरिवीउन्मुलन, लोकतान्त्रिक समाजवादको संस्थागत हुन्छ भन्नेकुरामा विश्वास राख्दछ । यसका लागि सरकारले समयानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महशुस गरेर अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्दछ ।’

सभापति देउवाले नेपाली काँग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पु¥याउन अभियानको रुपमा बिस्तार गर्न लागिपरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्