काठमाडौँ – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम)ले अयोजना गरेको मार्चपास प्रतियोगिताको उपाधी मोनाष्टिक पब्लिक स्कुलले हात पारेको छ ।
शुक्रबार मध्यपुर युथ एसोसिएसनको फुटबाल ग्राउण्डमा सम्पन्न प्रतियोगितामा मोनाष्टिक पब्लिक स्कुलले उपाधी हात पारेको हो । यसैगरी प्रगियोगीतामा दोस्रो स्थान भने बेष्ट ग्रुप भिजन स्कुलले हात पारेको छ भने तेस्रो स्थानमा पेप्सिकोलामा अवस्थित ग्लोबल पब्लिक स्कुल हरको छ । विजेता स्कुलहरुलाई शिल्ड प्रदान गरिएको थियो ।
फिजम अन्तर विद्यालय फुटबल प्रतियोगिताको उद्घाटनका क्रममा विद्यालयहरुबीच मार्चपास प्रतियोगीता गराएको हो । प्रतियोगीतामा १५ विद्यालयको सहभागिता रहेको आयोजक फिजमले जनाएको छ । प्रतियोगिताको निर्णायकमा भने एनसीसीएएन का निर्देशक रहेका थिए ।