फिजम कपको बाह्रौँ संस्करण सुरु

काठमाडौँ – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) कप शुक्रबारबाट सुरु भएको छ । प्रत्येक वर्ष आयोजना गरिने फिजम अन्तर विद्यालय फुटबल प्रतियोगिता आजबाट भक्तपुरको मध्यपुर युथ एसोसिएसनको ग्राउण्डमा सुरु भएको हो । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी थापाले निजी विद्यालयहरुले शिक्षाको क्षेत्रमा अतुलनीय योगदान दिएको बताए । निजी विद्यालयसंचालकहरुले विद्यार्थीहरुलाई कक्षाकोठामा मात्र सिमित नराखी अतिरिक्त क्रियाकलापहरुमापनि सहभागी गराएको भन्दै निजी शिक्षालयहरुको प्रसंसा गरे ।


यस्तै कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति एवं फिजमका अध्यक्ष अमृतकुमार खड्काले विद्यालयहरूबिच सद्भाव कायम गर्ने तथा विद्यार्थीहरूलाई खेलका माध्यमबाट प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक वर्ष फिजमले आफ्ना सदस्य विद्यालयहरूबिच यस किसिमका विविध प्रतियोगिता गर्ने गरेको बताए । उनले त्यसैको निरन्तरता स्वरुप बाह्रौँ अन्तर विद्यालय फुटबल प्रतियोगिता – २०८१ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।


फुटवल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । प्रतियोगितामा उपत्यकाका १६ विद्यालयको सहभागिता रहनेछ । प्रतियोगिता माघ २९ गते समापन हुने आयोजकले जनाएको छ । कार्यक्रममा विविभन्न विद्यालयका विद्यार्थी, शिक्षक लगायत उपस्थिति रहेको थियो । कार्यक्रममा फिजम विद्यालयहरुबीच मार्चपास प्रगियागीता समेत भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्