दार्चुला – प्रेस चौतारी नेपाल दार्चुलाको पाचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न शाखाको जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । संगठनको जिल्ला अध्यक्षमा लोकेन्द्र प्रसाद जोशी सर्वसम्मत चयन भएका छन् ।
यसै गरी उपाध्यक्षमा रमेश सिंह खत्री र विमला धामी भुजेल (समावेशी) सचिवमा मान सिंह कुवर सर्वसम्मत हुँदा सहसचिवमा निरज कुमार धामी र पदम परियार चयन भएका छन् । कोषाध्यक्षमा उद्दव सिंह धामी चुनिएका छन ।
सदस्यहरूमा रवी ओेड, मनाेरथ मिश्र, जानकी जाेशी र लाेकेन्द्र सिंह धामी चुनिएका छन् भने केन्द्रीय प्रतिनिधिहरूमा चादनी चैसिर, कृष्ण सिंह धामी र लक्ष्मण सिंह धामी चुनिएका छन् ।। प्रदेश प्रतिनिधिहरूमा विपिन सिंह विष्ट, कृतिनिधि जाेशी र लक्ष्मी भाट चुनिएका छन् ।