काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले शुक्रवार शुरु हुने संसदको हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
बिहीवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले ल्याएको अध्यादेश आवश्यक नरहेको र सरकारले छिटो भन्दा छिटो जनतालाई डेलिभरी दिने भनेर ल्याएको विधेयकको विधि र प्रक्रिया नमिलेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले सरकारले ल्याएको ६ वटा अध्यादेश प्रक्रियागत हिसावमा नै बैठिक रहेको बताए । मूल्यवृद्धि बढेको र सरकार बन्दा भनेका कुराहरु लागू गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ ।
‘संसदको हिउँदे अधिवेशनलाई व्यवस्थित, प्रभावकारी कसरी बनाउने र हाम्रो दल अहिले प्रमुख प्रतिपक्ष दल भएकाले दुई वटा जिम्मेवारी छन् । हाम्रो दुई वटा जिम्मेवारी छ । आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज उठाउने ? अन्य विपक्षी दललाई लिएर हाम्रा मत एकता हुनसक्ने विषयमा सामुहिक रुपमा आवाजलाई घनिभुत ढंगले बुलन्द गर्ने र यि दुवै जिम्मेवारी व्यवस्थित गर्न लामो छलफल भएको छ ।’ प्रमुख सचेतक पाण्डेले भने ।
माओवादी केन्द्रले जनजीविकाका कुराहरु उठाएर सशक्त रुपमा सदनमा प्रश्तुत हुने निर्णय भएको बताए । —न्युज एजेन्सी नेपाल