गुरुकुलको बालबालिका सम्मेलत तथा बार्षिकोत्सव सम्पन्न : बिद्यार्थिहरुको चौतर्फि बिकास गर्नु पर्नेमा प्रजिअ लम्सालको जोड

घोराही  – गुरुकुल एकेडेमीले बालबालीका सम्मेलन तथा वार्षिक उत्सव धूमधामका साथ सम्पन्न गरेको छ। यो कार्यक्रम विद्यालयका विद्यार्थीलार्ई शैक्षिक र सांस्कृतिक क्षेत्रका विभिन्न गतिविधिहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरको रूपमा आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका बालबालिकाले नृत्य, गीत, नाटक, भाषण, र अन्य सांस्कृतिक प्रस्तुतिहरूसहित शैक्षिक प्रदर्शनीमा भाग लिएका थिए। साथै, उत्सवको अवसरमा उत्कृष्ट प्रदर्शन गरेका खेलकुदमा उत्कृष्ट भएका बालबालिकालाई पुरस्कृत पनि गरियो । गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै विद्यालयको शिक्षा क्षेत्रका महत्त्वपूर्ण योगदानको बारेमा चर्चा गनुभएको छ ।

उँहाले यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको बहुआयामिक विकासमा मद्दत पु¥याउने बताउनुभएको थियो । यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा दाङका प्रम्ुख जिल्ला अधिकारीले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमीले खेलेको भुमिका निकै महत्वपुर्ण रहेको बताउनुभयो । साथै उँहाले विद्यालर्थिहरुको क्रियाकलाप देखेर गुरुकुल एकेडेमीको शिक्षा , संस्कार र संस्कृति त्रिवेणि भन्ने मुल नारा बोकेर पुर्ण मानव बनाउने सोचका साथ संचालनमा आएको विद्यालयले लक्ष अनुरुप नै काम गरेको जिकिर गर्नुभयो र आगामि दिनमा पनि यसरीनै सफलता हासिल गर्नका लागि शुभकामना ब्यक्त गर्नुभयो । बिद्यार्थिहरुको चौतर्फि बिकास हुन बिभिन्न कृयाकलापको आयोजना गर्नुपर्ने आबश्यक रहेको बताउनुभयो । यसैगरी कार्यक्रममा कानव कल्यान समाजकि केन्द्रिय अध्यक्ष सुमि मानवले पनि शुभकामना मन्तब्य राख्दै विद्यालयको चर्चा गर्नुभएको थियो भने मानव कल्यान समाजको बारेमा पनि जानकारी गराउनुभएको थियो । यस्तै गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा.कृष्णराज डिसिले आफ्नो कविता बाचन सहित मन्तब्य राख्नुभएको थियो ।

यो बालबालिका सम्मेलन तथा बार्षिकोत्सवमा  विद्यालयका अभिभावकहरू र समुदायका अन्य सदस्यहरूको सहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ । विद्यालयका शिक्षक र कर्मचारीहरूले यस कार्यक्रमलाई विशेष रूपले व्यवस्थापन गरेका थिए । कार्यक्रममा विद्यार्थि तथा शिक्षीका मञ्जरी पुन र सुनिता रानि पुनले मन्तब्य राख्नुभएको थियो । गुरुकुल एकेडेमीले भविष्यमा पनि यस्ता प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिने घोषणा गरेको छ । गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिको अध्यक्षतामा तथा मन्टेस्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिका रेशु राउतले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्