फिजम अन्तर-विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिताको उपाधी जेनियम नेशनल एकेडेमीलाई

काठमाडौँ – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्ज (फिजम) ले आयोजना गरको फिजम अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ (एघारौँ संस्करण) को उपाधी जेनियम नेशनल एकेडेमीले हात पारेकाे छ।

बुधबार भक्तपुरको बोडेमा सम्पन्न कार्यक्रममा फिजम अन्तरविद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०८१ (एघारौँ संस्करण) को उपाधी जेनियम इन्टरनेश्नल एकेडेमीले हात पारेको हो ।  यसैगरी दिपिका स्कुल दोस्रो र वेष्ट ग्रुप भिजन तेस्रो भएका छन् । दोस्रो र तेस्रो स्थानका विद्यालयहरुको समान अ‌ंक आएपछि ‘लक्की ड्र’ मार्फत दाेस्रो र तेस्रो स्थान टुंगो लगाइएको थियो । ‘लक्की ड्र’ मा दिपिका स्कुल दोस्रो र वेष्ट ग्रुप भिजन तेस्रो भएका हुन् ।

यसै गरी चौथो स्थान रत्न शिक्षा सदनले हात पारेको छ भने पाँचौ र छैटो स्थानका लागि समेत ‘लक्की ड्र’ मार्फत टुंगो लगाइएको छ । अर्किड प्युपल सेकेन्डरी स्कुल र ग्लोबल पब्लिक स्कुलको समान अंक प्राप्त भएपछि पाँचौ र छैटो स्थानका लागि लक्की ड्र’ गरिएको थियो । जसमा ‘लक्की ड्र’ मार्फत ग्लोबल पब्लिक स्कुल पाँचौँ र अर्किड प्युपल सेकेन्डरी स्कुल छैटौँ भएका छन् । यसैगरी उत्कृष्ट भेषभुषाको अवार्ड भिमेश्वर एकेडेमीले हात पारेको छ भने उत्कृष्ट कोरियोग्राफी स्वर्णिम तारा बिद्या सदनले हात पार्न सफल भएको छ । प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको आयोजक फिजमले जनाएको छ ।

विजेता छ वटै स्कुलका सहभागि तथा अन्य दुई विधाका विद्यालयलाई फिजमले सम्मान गरेको छ । कार्यक्रममा तिनजना निर्णायक रहेका थिए । नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति अध्यक्ष समेत रहेका फिजमका अध्यक्ष अमृतकुमार खड्काकाे अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्