सुन–चाँदीको भाउ आजपनि घट्यो

कमठमाडौं – नेपाली बजारमा लगातार सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५९ हजार २०० रुपैयाँमा झरेको छ।

यसअघि सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्