काठमाडाैँ – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) ले यहि माघ १६ गते अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा १८ गते अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार भक्तपुरको मध्यपुर युथ एसोसिएसनमा भएको पत्रकार सम्मेलनमा बोल्दै फिजमका सचिव सुनिल केसीले हरेक वर्ष जस्तै यस वर्ष पनि विद्यार्थीहरूको प्रतिभा उजागर गर्न आयोजना गर्ने विभिन्न कार्यक्रमहरू मध्ये बारौं अन्तर विद्यालय फुटबल प्रतियोगिता – २०८१ र अन्तर विद्यालय नृत्य प्रतियोगिता आयोजना गर्ने बारे जानकारी गराउनुभयो ।
विद्यार्थीहरूको प्रतिभा उजागर गर्न आयोजना गर्ने विभिन्न कार्यक्रमहरू मध्ये एघारौँ अन्तर विद्यालय नृत्य प्रतियोगिता कृषि बिकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा हुनेछ । जसमा उपत्यकाका १९ विद्यालयको सहभागिता रहनेछ । विद्यालयहरूबिच सद्भाव कायम गर्ने तथा नृत्यका माध्यमबाट प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक वर्ष फिजमले आफ्ना सदस्य विद्यालयहरूबिच यस किसिमका विविध प्रतियोगिता गर्ने गरेकाले त्यसैको निरन्तरता स्वरुप एघारौँ अन्तर विद्यालय नृत्य प्रतियोगिता – २०८१ प्रतियोगिता आयोजना गरिएको हो ।
यसैगरी भक्तपुरको मध्यपुर युथ एसोसिएसन, मध्यपुर ठिमीमा फुटवल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ। प्रतियोगितामा उपत्यकाका १६ विद्यालयको सहभागिता रहनेछ । प्रतियोगिता माघ २७ गते समापन हुनेछ । विद्यालयहरूबिच सद्भाव कायम गर्ने तथा विद्यार्थीहरूलाई खेलका माध्यमबाट प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक वर्ष फिजमले आफ्ना सदस्य विद्यालयहरूबिच यस किसिमका विविध प्रतियोगिता गर्ने गरेकाले त्यसैको निरन्तरता स्वरुप बाह्रो अन्तर विद्यालय फुटबल प्रतियोगिता – २०८१ प्रतियोगिता आयोजना गरिएको फिजमका अध्यक्ष अमृत कुमार खड्काले बताउनुभयो ।
फुटवल प्रतियोगितामा सहभागी विद्यालयहरू :
- एम्स इन्टरनेशनल एकेडेमी, कोटेश्वर
- बेस्ट ग्रुप भिजन इङ्गलिस स्कुल, पेप्सीकोला
- ब्रेन हार्ट स्कुल, कोटेश्वर
- भीमेश्वर एकेडेमी, पेप्सीकोला
- ग्लोबल पब्लिक स्कुल, पेप्सीकोला
- ग्रामर पब्लिक स्कुल कोटेश्वर
- ग्रीनवीच एकेड्मी, कागेश्वरी मनोहरा
- हेब्रोन पब्लिक स्कुल, कोटेश्वर
- मोनाष्टिक पब्लिक इङ्गिलस स्कुल, कागेश्वरी मनोहरा
- माउण्ट सेब स्कुल, नरेफाँट
- नेक्सस इन्टरनेश्नल एकेडेमी, पेप्सीकोला
- न्यू भिजन एकेडेमी, कोटेश्वर
- नेपाल तारा स्कुल, पेप्सीकोला
- अर्किड प्युपल इङ्गलिस स्कुल, कागेश्वरी मनोहरा
- रत्न शिक्षा सदन, कोटेश्वर, पेप्सीकोला
- लाईसियम प्याराडाइज एकेडेमी, पेप्सीकोला
नृत्य प्रतियोगितामा सहभागी विद्यालयहरू :
- एम्स इन्टरनेशनल एकेडेमी, कोटेश्वर
- बेस्ट ग्रुप भिजन इङ्गलिस स्कुल, पेप्सीकोला
- ब्रेन हार्ट स्कुल,कोटेश्वर
- भीमेश्वर एकेडेमी, पेप्सीकोला
- दिपिका स्कुल, कोटेश्वर
- ग्लोबल पब्लिक स्कुल, पेप्सीकोला
- ग्रामर पब्लिक स्कुल, कोटेश्वर
- ग्रीनवीच एकेडेमी, कागेश्वरी मनोहरा
- हेब्रोन पब्लिक स्कुल, कोटेश्वर
- मोनाष्टिक पब्लिक इङ्गिलस स्कुल, कागेश्वरी मनोहरा
- माउण्ट सेव स्कुल, नरेफाँट
- नेक्सस इन्टरनेशनल एकेडेमी, पेप्सीकोला
- न्यू भिजन एकेडेमी, कोटेश्वर
- नेपाल तारा स्कुल, पेप्सीकोला
- अर्किड प्युपल इङ्गलिस स्कुल, कागेश्वरी मनोहरा
- रत्न शिक्षा सदन, कोटेश्वर
- लाईसियम प्याराडाइज एकेडेमी, पेप्सीकोला
- ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल, सुविधानगर
- जेनियम नेशनल एकेडेमी, ललितपूर