मधेसवादी दलहरुको बैठक जारी

मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको छ ।

सोमवार अपरान्ह काठमाडौंको एक होटलमा मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल भएको छ । साथै संसदमा मधेसकेन्द्रित दलहरुको उपस्थितिबारे पनि छलफल भएको छ । अब शान्तिपूर्ण ढंगले वार्ता र संवादबाट अघि बढ्न एजेण्डा तय गर्ने हेतुले बैठक बसिरहेको मधेसवादी नेता डा. शिवजी यादवले बताउनु भयो । उहाँले देशको समस्या समाधानका लागि मधेसवादी दलहरु गम्भीर रहेको बताउनु भयो ।

उहाँले बैठकमा मधेसवादी आठ दलहरु सहभागी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्