यमनका हुथी विद्रोहीहरूद्वारा एकतर्फी रूपमा १५३ युद्धबन्दी रिहा

यमनको हुथी विद्रोही समूहले एकतर्फी रूपमा पछिल्ला वर्षहरूमा यमनी सरकारी सेनासँगको गृहयुद्धको क्रममा पक्राउ परेका १५३ युद्धबन्दीहरूलाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रस समितिले जनाएको छ । यमनमाका प्रवक्ता इस्केन्डर सईदले हुथीले १५३ युद्धबन्दीहरूलाई एकतर्फी रूपमा रिहा गरेको बताउनु भयो । रिहा गरिएकाहरूलाई अन्य प्रान्तहरूबाट साना आएका उनीहरूका परिवारका सदस्यहरूलाई हस्तान्तरण गरिएको थियो । २०१४ को अन्त्यतिरदेखि यमन गृहयुद्धमा फसेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्