माउण्ट सेव स्कूलको वार्षिक ‘स्पोर्ट्स मिट २०८१’ भव्यताका साथ सम्पन्न

काठमाडौँ  – माउण्ट सेव स्कूलको वार्षिक ‘स्पोर्ट्स मिट २०८१’ भव्यताका साथ सम्पन्न भएको छ।

आइतबार एक कार्यक्रमको आयोजना गरी  माउण्ट सेव स्कूलको वार्षिक ‘स्पोर्ट्स मिट २०८१’ भव्यताका साथ सम्पन्न गरेको हो । ‘स्पोर्ट्स मिट २०८१’ यही माघ ७ गतेदेखि सुरु भएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय महिला फुटबल खेलाडी अञ्जना राना मगर रहेकी थिइन्। सबै खेलहरू मुलपानी चौरमा आयोजना गरिएको थियो भने जुनियर वर्गका केही खेलहरू स्कूलकै मैदानमा सम्पन्न भएका थिए । कार्यक्रममा फुटबल, बास्केटबल, भलिबल, खो-खो, १०० मिटर दौड, १०० मिटर रिले, पोर्टबल, कबड्डी, जुनियर फुटसल, जुनियर क्रिकेट, टिक-टक-टो, टग अफ वार, र हाइ जम्पजस्ता विविध खेलहरू समावेश गरिएका थिए। यस स्पोर्ट्स मिटमा फुटबलको उत्कृष्ट खेलाडी बिबेक कार्की घोषित भए भने बास्केटबलको उत्कृष्ट खेलाडी प्रशन्न नेपाल घोषित भइन्। त्यसैगरी, जुनियर फुटसलमा उत्कृष्ट खेलाडीको उपाधि युनिक हुमागाईँले जिते भने जुनियर क्रिकेटमा उत्कृष्ट खेलाडी ओम महतो बने। कार्यक्रमका विजेताहरूलाई प्रमाणपत्र, मेडल, र ट्रफी प्रदान गरिएको थियो ।

यस वर्षको हाउस अफ द इयरको उपाधि ६९ अङ्कका साथ रेड हाउसले जितेको छ। विद्यार्थीहरूको प्रतिभा निखार्न र उनीहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको कुरा यस स्कुलका अतिरिक्त क्रियाकलाप इन्चार्ज ईश्वर केसीले बताए । स्कूलकी प्रिन्सिपल राजेश्वरी श्रेष्ठले पुरस्कार वितरण गरेकी थिइन् । उनले आगामी दिनहरुमा पनि विद्यालयले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्