शंखमुलमा रहेको नेरीक एकेडेमीद्वारा विज्ञान प्रदर्शनीको आयोजना, उत्साहजनक उपस्थिति

काठमाडाैँ – काठमाडाैँको शंखमूलमा रहेको नेरीक एकेडेमीका विद्यार्थिहरूले आज विज्ञान प्रदर्शनीको आयोजनामा आकर्षक परियोजनाहरू प्रस्तुत गरेका छन्। शनिवार नेरीक एकेडेमी परिसरमा भएको प्रदर्शनीमा विद्यार्थीहरूले विविध विज्ञानका विषयहरूमा आधारित परियोजनाहरू तयार पारेका थिए, जसमा रोबोर्ट, एआइमा आधारिक प्रविधि तथा पर्यावरण संरक्षण, ऊर्जा स्रोतहरूको विकास लगायत घर निर्माण गरेपश्चात आवश्यक पर्ने नयाँ प्रविधि तथा आविष्कारहरू समावेश गरेका थिए ।

जसले विद्यार्थीहरूको रचनात्मकता र वैज्ञानिक सोचको महत्त्वलाई जोड दिएका थिए। आजको विज्ञान प्रदर्शनीले विद्यार्थीहरूको नवप्रवर्तन र सिर्जनशीलताको उत्कृष्ठ उदाहरण प्रस्तुत गरेको विद्यालयका प्रबन्ध निर्देशक डा. मन खत्रीले बताउनुभयो ।

प्रदर्शनीमा हरेक कक्षाका विद्यार्थीहरूले आफ्ना परियोजनाहरू बारे व्याख्या पनि गरेका थिए। प्रदर्शनीमा रहेका परियोजनाहरूले विज्ञान र प्रविधिको विभिन्न पक्षलाई छोएर दर्शक तथा अभिभावकहरूको ध्यान आकर्षित गरेका थिए ।

कार्यक्रममा शिक्षिकाहरू र अभिभावकहरूको सक्रिय सहभागिता पनि रहेको थियो। विद्यार्थीहरूको कामको सराहना गर्दै उनीहरूको भविष्यमा यस प्रकारको रचनात्मकता र वैज्ञानिक दृष्टिकोणलाई प्रोत्साहन दिनुपर्ने आवश्यकतामा अभिभावकहरुले जोड दिए।

प्रदर्शनीमा प्रमुख आकर्षण भनेको रोबोट प्रविधि र ए.आई. सम्बन्धी परियोजनाहरू थिए। विद्यार्थीहरूले आफ्नो परियोजनामा रोबोटको निर्माण र यसको कार्यप्रणालीका बारेमा विस्तृत व्याख्या गरेका थिए। यस्तै, ए.आई. आधारित विभिन्न उपकरणहरू र प्रोजेक्टहरूले भविष्यको स्मार्ट टेक्नोलोजीको दिशामा के काम भइरहेको छ भन्ने कुरा देखाएको विद्यालयका प्रिन्सिपल मिलन केसीले बताउनुभयो ।

यस अवसरमा अभिभावकहरूको पनि उत्साहजनक उपस्थिति थियो। उनीहरूले आफ्ना नानीबाबुहरूको परियोजनाहरूमा गहिरो चासो लिएका थिए र केही अभिभावकहरूले आफ्नो विचार र प्रतिक्रिया पनि प्रस्तुत गरे। प्रदर्शनीको क्रममा, विद्यार्थीहरूले आफ्ना प्रोजेक्टहरूको बारेमा प्रष्ट व्याख्या गरे र उनीहरूको कामको महत्त्व र सम्भाव्यताबारे जानकारी दिए।

प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनात्मकता र वैज्ञानिक खोजमा थप उत्साह जगाएको छ। यस प्रदर्शनीले विद्यार्थीहरूको वैज्ञानिक र प्रविधिक क्षमता प्रदर्शन गर्न मात्रै होइन, भविष्यमा विज्ञान र प्रविधिको क्षेत्रमा लाग्न प्रोत्साहन पनि दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्