पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिलाः प्रहरी महानिरीक्षक कुँवर

काठमाडाैँ – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताउनुभएको छ । ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सुन्दर मात्र नभइ सुरक्षित रहेको महशुस पर्यटकहरुलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको संख्या बढ्ने बताउनु भयो । उहाँले पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला भएको बताउनु भयो । उहाँले पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै यसमा सरोकारवाला सबै निकायहरुको समानजनक भुमिका अनिवार्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्यटकीय सेवा बिस्तारसँगै पर्यटकहरुको सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ । नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भन्ने विश्वास विश्वमाझ आफूलाई चिनाउनसके मात्रै पर्यटन क्षेत्रमा थप आकर्षण बढाउन सकिन्छ । पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला हो । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव छैन । यसका लागि सरोकारवाला सबै निकायहरुको समानजनक भुमिका अनिवार्य छ ।’

प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गर्नुभयो । पर्यटकीय प्रहरीको षमता वृद्धि गर्न जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्