टर्की प्रहरीद्वारा लागुऔषध विरोधी अभियानमा २ हजार ७९५ संदिग्ध पक्राउ

टर्की प्रहरीले देशव्यापी लागुऔषध ओसारपसार विरोधी अभियानमा २ हजार ७९५ संदिग्धहरूलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको छ । नार्कोकापन–९ कोड नाम दिइएको अपरेशनमा प्रहरीले एक टनभन्दा बढी लागुऔषध र १ करोड ३८ लाख लागुऔषध चक्की बरामद गरेको छ ।

७७ टर्की प्रान्तहरूमा ४ हजार १९२ टोली, १० हजार ४८० कर्मचारी, ४७ युएभी र हेलिकप्टर र ९८ ड्रग स्निफर कुकुरहरूले अपरेशनमा भाग लिएको बताउनु भयो । येर्लिकायाको एक्स खातामा पोस्ट गरिएको भिडियो फुटेजमा प्रहरीले अपार्टमेण्ट र भवनहरूमा प्रवेश गर्दै संदिग्धहरूलाई सवारी साधनमा हालेको देखाइएको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।  

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्