सिरियाको अन्तरिम सरकारले बेलारूसको आधिकारिक प्रतिनिधिमण्डललाई स्वागत गरेको छ । सिरियाली अधिकारीहरूको संक्षिप्त विज्ञप्तिअनुसार सिरियाका वास्तविक नेता अहमद अल–शारा र गुप्तचर प्रमुख अनस खट्टाबले विदेशमन्त्री म्याक्सिम राइजेन्कोभको नेतृत्वमा बेलारूसको प्रतिनिधिमण्डलसँग वार्ता गरेको हो ।
डिसेम्बर २०२४ मा हालै भएको राजनीतिक उत्ताचढावपछि दमास्कसले अन्तर्राष्ट्रिय साझेदारहरूसँग व्यापक संलग्नता खोज्दै गर्दा यो बैठक भएको हो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।