नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न, मदलल्याण्ड स्कुल प्रथम

भक्तपुरः नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत माध्यमिक तह अन्तर विद्यालय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता-2081 सिरिन केन स्कुलको आयोजनमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा सूर्यविनायक ९ भक्तपुर स्थित मदलल्याण्ड स्कुल प्रथम भएको छ । द्धितीयमा ईडेन गार्डेन स्कुल, तृतीय स्थानमा आरक्षण नेसनल स्कुल र सान्त्वना स्थान पारागन एकेडेमी हुन सफल भएका छन् ।

हाजिरीजवाफ प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो ।
स्कुल तहका विद्यार्थीहरुमा पनि बाह्य सामान्य ज्ञान बारे थप जानकारी रहनु पर्छ भन्ने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा १६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । दुई समूहमा विभाजन गरी संचालन गरिएको प्रतियोगिताको अन्तिम फाइनल राउन्डमा प्रवेश गर्न सफल ६ वटा विद्यालयको समूह बीच प्रतिस्पर्धा भएको जानकारी आयोजक सिरिन केन स्कुलका संचालक कमल सुवालले दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्