‘निजामतिलाई जिम्मेवार, उत्तरदायी, प्रविधिमैत्री र पारदर्शिताको कुरा विधेयकमा समावेश हुनुपर्दछ’ : सांसद बडू

काठमाडौँ – नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामति विधेयकले कर्मचारीतन्त्रमा पारदर्शिताको अपेक्षा गरिएको बताउनुभयाे । बिहीवार प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले यस्तो बताएका हुन् ।

सांसद बडूले छलफलका क्रममा परेका संशोधनहरुलाई संधै लिएर अघि बढ्नुपर्ने बताउनुभयाे ।  उहाँले कर्मचारीको गिरेको मनोबल उच्च बनाउने विधेयकलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्दै विधेयकमा अब केही थप्नु हुँदैन भन्ने मनोविज्ञानमा नबस्न सभापतिको ध्यानाकर्षण समेत गराउनुभयाे । ‘संघीय निजामति सेवासम्बन्धी विधेयकमा कतिपय राम्रा कुराहरु आएका थिए । ति कुराहरु कसैले नोट गरेको छ ? यदि गरेका छैनौं भने त्यसको औचित्य हुँदैन । त्यसकारण संशोधनमा उल्लेख गरिएका राम्रा कुराहरुलाई पनि सँगै लिएर हिँड्नुपर्छ । त्यो नोट गरेकै हुनुपर्छ । अर्को कुरा, हामीले यस विधेयकलाई विगतकोभन्दा फरक तरिकाले बनाउन गइरहेका छौं । यस विधेयकबाट पारदर्शितालाई अपेक्षा गरेका छौं । हिजोको दिनको व्यवस्थाले हाम्रो निजामति कर्मचारीको मनोबल गिरेको छ ।’ उहाँले भन्नुभयाे, ‘हामीले उनीहरुलाई उच्च मनोबलका साथ काम गर्नेगरी विधेयक ल्याएका छौं है भन्नेकुरा बोल्नुपर्छ । विधेयकमा अब केही थप्नु हुँदैन भन्ने मनोविज्ञानमा नबस्न मेरो आग्रह छ । निजामतिलाई जिम्मेवार, उत्तरदायी र प्रविधिमैत्री बनाउने कुरा र पारदर्शिताको कुरा यसमा समावेश हुनुपर्दछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्