प्रोजल ग्रिन इनर्जी र गोल्यान पावरद्वारा औपचारिक रूपमा संयुक्त उद्यम शुरु

भारतको सबैभन्दा ठूलो सौर्य कम्पनी प्रोजिल ग्रिन इनर्जीले नेपालमा नवीकरणीय ऊर्जामा काम गर्ने भएको छ ।

बुधवार काठमाडौंमा आयोजित प्रोजल ग्रिन इनर्जी शिखर सम्मेलन गर्दै औपचारिक रूपमा शुरु गरिएको हो । नेपालमा प्रोजिल ग्रिन इनर्जी र गोल्यान पावरले संयुक्त रुपमा प्रोजिल ग्रिन इनर्जी नेपालले कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा ५०० मेगावाट भन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको छ । देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी काम गर्ने प्रोजिल ग्रिन इनर्जी नेपालले जनाएको छ । प्रोजिल ग्रिन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा व्यापक विशेषज्ञतालाई प्रयोगमा ल्याउँदै (इन्जिनियरिङ, खरिद र निर्माण) विकास कम्पनीको रूपमा काम गर्ने गोल्यान गु्रपका अध्यक्ष अक्षय गोल्यानले बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरणले ९६० मेगावटको सोलार उत्पादमा पीपीए गर्ने सम्झौता बमोजिम प्रोजिल ग्रिन इनर्जी प्राविधक पान्टनरका रुपमा काम गर्ने बताउनु भयो । उहाँले प्रोजिल ग्रिन इनर्जीले उद्योगहरुमा सौर्य ऊर्जा परियोजनाहरू निर्माण गरी दिने लक्ष्य राखेको बताउनु भयो । उहाँले गोल्यान पावरसँग मिलेर ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू निर्माण गर्ने लक्ष्यअनुसार २ सय मेगावाट बनाउने सम्झौता भइसकेको बताउनु भयो । उहाँले रिलायन्स स्पिनिङ मिल्सको खपतको लागि पनि उद्योगको छतमा ९ मेगावाटको सौर्य ऊर्जा उत्पादनको लागि तयारी भइसकेको बताउनु भयो ।

प्रोजिल ग्रिन इनर्जी नेपालका सञ्चालक प्रविण अर्यालले प्रोजिल ग्रिन इनर्जीसँगको साझेदारीले नेपालमा नविकरणीय ऊर्जा र दिगोपन प्रतिको प्रतिवद्धतालाई प्रतिविम्वित गर्ने बताउनु भयो । उहाँले प्रोजिल ग्रिन इनर्जीसँग सहकार्य गरी नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने उदेश्यले सहकार्य शुरु गरिएको बताउनु भयो । उहाँले विश्वस्तरीय ऊर्जा सम्बन्धी सोलुसनहरू उपलब्ध गराउनुभएको बताउनु भयो ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले निजी क्षेत्रलाई सहज वातावरण बनाउँदा वर्षमा १ एक हजार मेगावाट ऊर्जा उत्पादन गर्नसक्ने बताउनु भयो । उहाँले विद्युत उत्पादनमा वृद्धि गर्नसके मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्युन मात्रै किन्नुपर्ने अवस्था आउने बताउनु भयो । उहाँले अहिले ८ सय मेगावाटको टेण्डर भएपनि जानकारीमा नभएको बताउनु भयो । उहाँले सोलार ऊर्जालाई अगाडि बढाउने विषयमा अझै प्रष्ट नीति नभएको बताउनु भयो । उहाँले सरकारले ल्याउन लागेको विद्युत विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएको बताउनु भयो। । उहाँले विधेयक बनाउँदै गर्दा पहिले लाइसेन्स ५० वर्षको हुने र त्यसपछि हस्तान्तरण गरिने स्पष्ट व्यवस्था भएपनि अहिले ३५ वर्षको कुरा आउनु उचित नभएको बताउनु भयो ।

प्रोजिल ग्रिन इनर्जी नेपालले नेपालमा सौर्य ऊर्जाको प्रयोगलाई तिब्र पार्न र राष्ट्रको नवीकरणीय ऊर्जा क्षमतामा उल्लेखनीय योगदान पु¥याउने प्रयासमा रुफटप सोलार र जमिनमा माउण्ट गरिएको फोटोभोल्टेइक सौर्य प्लान्टहरू दुवै विकास गर्ने लक्ष्य राखेको छ । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्