सुन चाँदीको भाउ घट्यो

काठमाडौं, माघ १० । नेपाली बजारमा बिहिबार सुन चाँदीको भाउ घटेको छ। आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्