भारतमा भएको रेल दुर्घटनामा एकै परिवारका ३ जना सहित ४ नेपालीको मृत्यु

काठमाडौँ – भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँको परांडा रेलवे स्टेशनमा भएको रेल दुर्घटना भएको ४ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सबै अछामका रहेका छन् । जसमा पन्चदेवल बिनायक ननगरपालिका-४ कालिकास्थान बस्ने बिक, उनकी श्रीमती मैसरा बिक, उनका छोरा र कमलबजार नगरपालिका- ४ चाल्सा ठाना बस्ने जैकला बिकको निधन भएको नगर प्रमुख अम्बिका चालाउनेले जानकारी दिएकी छिन् ।

रेलमा आगलागीको हल्ला सुनेपछि यात्रुले पुष्पक एक्सप्रेसबाट यात्रुहरुले हाम फालेका थिए। यसैबीच पुष्पक एक्सप्रेसबाट हाम फालेका यात्रुलाई कर्नाटक एक्सप्रेसले ठक्कर दिएको थियो । पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह फैलिएको थियो, यसले यात्रुहरूमा आतंक मच्चायो र उनीहरूले हतार हतार रेलबाट हामफालेको भारतीय संचारमाध्यमले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्