क्यानडामा एक नेपाली छात्रामाथि सामूहिक बलात्कार

सांकेतिक तस्वीर

काठमाडौँ – क्यानडामा एक नेपाली छात्रा सामूहिक बलात्कारमा परेकी छन्। डिसेम्बर २४ मा क्यानडाको ओन्टारियोमा ती छात्रामाथि सामूहिक बलात्कार भएको हो।

एनआरएनए क्यानडाका अनुसार ती युवतीलाई आफ्ना साथीले घरमा बोलाएर सामूहिक बलात्कार गरेका थिए। नेपाली युवाले घरमा बोलाएर लट्ठ्याउने औषधी खुवाएको र ७ घण्टापछि होसमा आउँदा बेडभरी रगतै रगत देखिएको बताइएको छ।

बलात्कारमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये २ जनालाई जमानीमा छाडेको छ। पीडित ती छात्राको एनआरएनए क्यानडाले उद्धार गरेर राखेको एनआरएनए क्यानडाकी महासचिव चन्दा अधिकारीले बताइन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्