नेपाल राष्ट्रिय व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । म‌गलबार काठमाडौँको कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रम गरिएको हो ।

मनोजबाबु श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । जसको सपथ ग्रहण मंगलबार गरिएको हो । निवर्तमान अध्यक्ष कुमार कार्कीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण समेत गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जिम्मेवारी सुम्पिदैँ पुरानो नेतृत्वबाट केहि कुरा सिकेर अझै परिस्कृत ढंगले संस्थालाई अघि बढाउने प्रतिबद्धता गर्नुभयो । उहाँले बैंक ब्याजदर, घरबहाल करलाई १० प्रतिशतबाट ५ प्रतिशतमा झार्ने, प्यान करोबारलाई ५० लाखबाट २ करोडमा पुगाउने लगायत अन्य व्यवसायिक झन्झटलाई समाधान गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्न तयार रहेको समेत बताउनुभयो ।

महासंघको ७ औं साधारण सभा तथा तेस्रो महाधिवेशनबाट पुस २० गते नयाँ कार्यसमिति चयन भएको थियो । पदभार तथा शपथ ग्रहण कार्यक्रमको समापन गर्दै महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतमले उद्योगी व्यवसायीहरूले झेल्नुपरेका कैयन् समस्याको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा अन्य वक्ताहरूले उद्योगी व्यवसायीहरूले झेल्नुपरेका समस्याका बारेमा महासंघ दृढ भएर उभिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्