जाम्बियाले तीन नयाँ एमपक्सका केसहरू पुष्टि गरेको छ । स्वास्थ्यमन्त्री एलिजाह मुचिमाले एक प्रेस ब्रिफिङमा जनवरी १० देखि १६ को बीचमा नयाँ केसहरू पत्ता लागेका थिए । जसमा दुई केस राजधानी लुसाकाबाट र एक कपरबेल्ट प्रान्तबाट छन् ।
लुसाका जिल्लामा गत हप्ता एमपोक्सको शंकास्पद केस देखिएको थियो । मन्त्रालयले रोगको फैलावट नियन्त्रण गर्न प्रभावित क्षेत्रहरूमा अनुसन्धान र सम्पर्क ट्रेसिङलाई तिब्र बनाएको छ । साथै समुदायहरूमा जागरूकता अभियानहरू पनि शुरु गरेको बताएको छ ।
अक्टोबर २०२४ मा जाम्बियाले आफ्नो पहिलो एमपक्स केस रिपोर्ट गरेको थियो । जसमा देश भ्रमण गर्ने तान्जानियाली नागरिक समावेश थिए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।