दक्षिण कोरियाली अदालतले महाभियोग लगाइएका राष्ट्रपति युन सुक–योललाई उनको असफल मार्शल ल प्रयासको आरोपमा नजरबन्द वारेन्ट जारी गरेको छ । वारेन्टसँगै युनको नजरबन्द २० दिनसम्म बढाइनेछ । जसमा पक्राउ अवधि पनि समावेश छ ।
शनिवार युन २० दिनसम्म हिरासतमा राख्ने कि नराख्ने भन्ने बारेमा हिरासत आवश्यकताको सुनुवाइमा उपस्थित हुन सियोल पश्चिमी जिल्ला अदालतमा उपस्थित भए । उच्च–पदस्थ अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालयद्वारा प्रारम्भिक १० दिन सोधपुछ गरिसकेपछि युनलाई अभियोग लगाउनु अघि बाँकी १० दिन अभियोजन पक्षले सोधपुछ गर्नेछ ।
दुवै पक्षले युनको विद्रोहको आरोपको संयुक्त रूपमा अनुसन्धान गर्न सहमत भएका थिए ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।