२०१२ पछि पहिलो पटक सिरियाको राजधानी दमास्कसमा रहेको स्पेनी दुतावासमा स्पेनको झण्डा फहराइएको छ । स्पेनी विदेशमन्त्री जोसे म्यानुअल अल्बारेस बुएनोको सिरिया भ्रमणको बीचमा यो घटना भएको हो ।
आफ्नो भ्रमणको क्रममा स्पेनी शिर्ष कुटनीतिज्ञले सिरियाली अन्तरिम नेता अहमद अल–शारासँग भेट गरे । भ्रमणले सिरियाको चलिरहेको संक्रमणकालको लागि सम्बन्ध पुनर्निर्माण र विदेशी समर्थन सुरक्षित गर्ने नयाँ प्रशासनको प्रयासलाई प्रकाश पारेको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।