मालीमा सहेल राज्यहरूको महासंघको मन्त्रीस्तरीय बैठक सम्पन्न

सहेल राज्यहरूको महासंघको चार दिने मन्त्रीस्तरीय बैठक शुक्रवार मालीको राजधानी बामाकोमा सम्पन्न भएको छ । विज्ञहरूले सहेल राज्यहरूको महासंघका देशहरू बीचको एकता, ऐक्यवद्धता र सम्बन्धलाई सुदृढ पार्ने एक अद्वितीय अवसरको रुपमा लिएका छन् । जसले गर्दा समृद्ध साझा भविष्य निर्माण गर्न सकिने विज्ञहरुको भनाइ छ । बैठकमा क्षेत्रीय लगानी बैंकको निर्माणको प्रश्ताव राखिएको विज्ञ सैदोउ डायलोले बताउनु भयो ।

यस क्षेत्रलाई मकै, चिनी र चामल जस्ता रणनीतिक उत्पादनहरू आपूर्ति गर्ने क्षेत्र बनाउन सकिने उनीहरुको भनाइ छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्