ओली पोखरा पुग्दा प्रचण्ड भने चितवनको माडी पुगे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । पोखरामा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा पुगेका प्रधानमन्त्री ओलीले  १७ करोडको लागतमा बनेका भवनको उदघाटन गरेका हुन् ।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने चितवन पुगेका छन् ।

पार्टीको स्थानिय कार्यक्रममा सहभागी हुनका लागि चितवनको माडी पुगेका प्रचण्डलाइ स्थानियले भब्य स्वागत गरेका छन् ।

आज हुने भनिएको संघीय संसदका बिपक्षी दलको पत्रकार सम्मेलन स्थगित गरी प्रचण्ड बिहानै माडी पुगेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्