अफ्रिकामा होइन, अमेरिकामा छ सबैभन्दा ठुलो सुनखानी

काठमाडौं, २५ पुस ।  के तपाईलाई थाहा छ संसारमा सबैभन्दा बढी सुन कहाँबाट निकालिन्छ ?

हरेक वर्ष विभिन्न देशमा सुनको उत्खनन हुने गर्छ तर सबैभन्दा बढी सुन निकाल्नेमा चीन सबैभन्दा अगाडि छ । तर, खानीको कुरा गर्ने हो भने अमेरिकाको नेभाडा सुन खान शीर्ष स्थानमा रहेको छ। यो खानी सुन उत्पादनमा विश्वकै विशेष मानिन्छ ।

नेभाडा सुन खानीबाट हरेक वर्ष लाखौं किलो सुन निकालिन्छ। नेभाडा राज्यको तथ्यांक अनुसार सन् २०२१ मा यहाँ ४५,०२,३६५ ट्रोय औंस सुन भेटिएको थियो, जुन करिब १ लाख ३१ हजार किलोग्राम हो । सन् २०२० मा पनि करिब सोही मात्रामा सुन निकालिएको थियो ।

यो संख्या अमेरिकामा उत्पादन हुने कुल सुनको ७४ प्रतिशत हो। यसबाहेक २०२१ मा नेभाडाबाट ६२, १८, ४१५ ट्रोय औंस चाँदी पनि निकालिएको थियो, जसले यसलाई अमेरिकामा खनिज उत्पादनको प्रमुख केन्द्र बनाएको छ ।

नेभाडा सुनको लागि मात्र होइन, अन्य खनिजहरूको लागि पनि प्रसिद्ध छ। यहाँबाट तामा, डोलोमाइट, जिप्सम, रत्न, चुनढुङ्गा र लिथियमजस्ता खनिजहरूको पनि उत्खनन गरिन्छ।

यी खनिजहरू धेरै उद्योगहरूमा प्रयोग गरिन्छ। विशेष गरी ब्याट्री र इलेक्ट्रोनिक उपकरणहरूमा बढ्दो मागका कारण लिथियमको प्रयोग द्रुत रूपमा बढेको छ।

नेभाडाका खानीहरूले यस क्षेत्रको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछन्। यी खानीहरू आफ्नो उन्नत प्रविधि र आधुनिक खानी प्रबिधिका कारण विश्वभर प्रसिद्ध रहेका छन्। साथै, खनिजहरूको उच्च गुणस्तरले यसलाई थप विशेष बनाएको छ ।

नेभाडाको यो खनिज भण्डारले अमेरिका मात्र नभई सम्पूर्ण विश्वको खनिज आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ। नेभाडाका खानीहरूबाट उत्पादन हुने सुन र अन्य खनिजहरूले यस क्षेत्रलाई विश्वव्यापी खानी उद्योगहरूमा विशेष पहिचान दिन्छ। यस खानीको विशालता र उत्पादन क्षमताले यसलाई सुन संसारको राजा पनि भनिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्