कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बढ्दो शीतलहरलाइ ध्यानमा राखि जाडो विदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले एक सूचना जारी गर्दै केहि दिनदेखि बढिरहेको शीत लहरले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने तथा नियमित पठनपाठन नै अवरुद्ध भएको भन्दै चार दिन विदा दिने निर्णय गरेको हो ।
बिदा आज २५ गतेदेखि यहि महिनाको २८ गतेसम्म हुनेछ । ४ दिनको अवधिमा सम्पूर्ण शैक्षिक संस्था बन्द गरि चिसोबाट जोगिन नगरपालिकाले अनुरोध समेत गरेको छ ।