रबि लामिछानेलगायतको मुद्दामा आज आदेश आउन सक्ने

पोखरा – सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आजै आदेश आउने सम्भावना देखिएको छ ।

सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरे पछि सम्भवतः आजै आदेश आउन सक्ने देखिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो ।

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन ।

आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्