धनगढी – डडेल्धुरामा पोखरीमा डुबेर साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीको दुई वर्ष पाँच महिनाकी छोरी रिया मालीको घर नजिकैको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई पोखरीमा डुबेर घाइते भएको अवस्थामा उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले बालिकाको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।