सहकारी ठगी प्रकरणः रबि लामिछानेका पक्षधर वकिलको बहस सुरू

पोखरा, २२ मंसीर । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रबि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन ।

सोमबारदेखि पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेकातर्फबाट बहस सुरु भएको हो । सो सहकारी ठगीमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछाने गत कार्तिक २ गते देखी कास्की प्रहरी हिरासतमा रहेका छन ।

 

आजवाट उनको पक्षमा सुरू भएको थुनछेक बहसका लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी, डा. नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगरसँगै आधा दर्जन अभिबक्ताले बहस गर्दैछन ।

शुक्रबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु भए पनि यसअघि गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्व डीआइजी छविलाल जोशी र लीला पछाईका कानुन व्यवसायीले बहस गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्