यही पौष १९ गते शुक्रबार त चाँदबाग स्कुलले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको छ। समारोहले एक विश्व एक परिवार भन्ने मर्मलाई झल्काउने गरी कार्यक्रमले राष्ट्रियता ,साम्प्रदायिक भावना अन्तर सांस्कृतिक सञ्चार र अन्तर्राष्ट्रिय भातृत्व जस्ता महत्वपूर्ण विषयलाई झल्काउने २५ वटा प्रभावशाली प्रस्तुतिहरु प्रस्तुत गरेको थियो। कार्यक्रममा काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको थियो ।
कार्यक्रमले हाम्रो विविध संस्कृति भाषा धर्म र राष्ट्रियताको बावजुद हामीले मानवताको साझा सम्बन्धलाई साझा गर्छौं भन्ने झल्को कार्यक्रमले दिएको थियो कार्यक्रममा प्रस्तुत गरिएका प्रदर्शनीहरू ले हाम्रा बालबालिकाहरुलाई विश्वव्यापी रुपमा सोच्नुहोस् स्थानीय आधारमा कार्य गर्नुहोस् भन्ने सिद्धान्तमा आधारित भई भविष्य निर्धारणका निमित्त प्रेरणा प्रदान गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा सुश्री प्रार्थना शाक्य रहनुभएको थियो । त्यसैगरी कार्यक्रम मा अभिभावक विभिन्न विद्यालयका प्रधानाध्यापक तथा सञ्चारकर्मी साथै अतिथिहरू उपस्थित रहनुभएको थियो कार्यक्रममा सिजी एजुकेसनका एकेडेमिक हेड श्री भूषण चन्द्रशेन गुरुङ मुख्य वक्ताको रुपमा रहनुभएको थियो।आफ्नो सम्बोधनमा उहाँले व्यक्तिमा रहने फरक फरक स्वभाव र क्षमतालाई हामीले सम्मान गर्नुपर्ने साथै त्यो व्यक्तिको व्यक्तिगत फरक क्षमतालाई सम्पूर्ण मानव हितका निमित्त प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। साथै विद्यालयका प्रधानाध्यापक श्री चन्द्रयान प्रधान श्रेष्ठले विद्यालयको समग्र गतिविधि र विद्यालयको प्रगतिशील यात्राको बारेमा जानकारी गराउनुभयो र अभिभावकहरूसँग अन्तरक्रिया समेत गर्नुभएको थियो।
कार्यक्रमको समग्र सफलताको श्रेय सबै शिक्षकहरुको सामूहिक प्रयास र कार्यक्रमलाई मार्गदर्शन गर्ने सीसीए संयोजक श्री सुमन महर्जनको अनुकरणीय नेतृत्वमा रहेको थियो । वास्तवमा चाँदबाग स्कुलको वार्षिक उत्सव कार्यक्रमले विद्यार्थीमा मानवताको भावना आपसी सहयोग र विश्व बन्धुत्वको भावनाप्रति सधैँ सम्मानभाव राख्नुपर्छ भन्ने चेतना जगाउन सफल भएको छ। यसैगरी आउँदा दिनमा पनि विद्यालयले यस्ता कार्यक्रम मा विद्यार्थीलाई मानवता ,भातृत्व तथा सिर्जना गर्ने खालका प्रस्तुतिप्रति विशेष जोड दिने छ ।