काठमाडाैँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् । उहाँ नेपाल व्यापार संघको केन्द्रीय अध्यक्ष समेत रहनुभएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ साधारण सभा तथा तेस्रो महाधिवेशन आज हुदैँछ । जसमा गौतम सहित अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
उहाँले व्यवसायीहरुका आवाज उठाउने गरी नेतृत्व गर्ने दाबी समेत गर्नुभएको छ । राष्ट्रले व्यापारीलाई हेर्न दृष्टिकोणमा परिवर्तन गर्ने, नाकाहरुमा व्यापारीहरुलाई सहज आवतजावतमा जाने वातावरण मिलाउने, ३० किलोमिटर क्षेत्र भित्र मात्रै जानपाउने व्यवस्थाको अन्त्य गर्ने, जथाभावी लिने करको अन्त्य गर्ने लगायतका विषयमा आफु सचेत रहेको समेत अवगत गराउनुभयो ।
यस्तै उद्दारमा सहज गर्ने,अनाथ असाहयहरुलाई राहत दिने लगायतमा पनि ध्यान दिइरहेको बताउनुभयो । नाकाबन्दी, भूकम्प र कोभिडको समयको स्मरण गर्दै उहाँले रोकिएका समानहरु काठमाडौं ल्याउन विशेष पहल भूमिका खेलेको बताउनुभयो ।
को हुन हरि गाैतम ?
काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं. ५ मा बुवा पहल बहादुर र आमा नन्द माया गौतमको कोखबाट विक्रम संवत २०२८ सालमा जन्मिएका गौतमले एसएलसी प्रभा साधारण माध्यमिक विद्यालय चौरी कात्र्तिकेबाट गर्नुभयो । यसैगरी महेन्द्ररत्न क्याम्पस ताहाचलबाट बिए गरेका थिए । सिन्धुपाल्चोक हेलम्बुमा शिक्षण गर्नुभएका गौतमले २०४६ सालदेखि २०४९ सालसम्म काटेश्वरमा विद्यालय व्यवस्थापन समितिमा समेत काम गरेका थिए । थुप्रै सामाजिक संस्थामा समेत काम गरेका गौतम काठमाडौ कोटेश्वर सह युवाक्लबमा १० बर्ष अध्यक्ष समेत रहनुभएको छ । २७ बर्ष संघ बिताउनुभएका गौतम साधारण सदस्य, सल्लाहकार हुदैँ महासचिव धेरै समय रहनुभयो ।
विक्रम संवत २०५५ सालदेखि नेपाल व्यापार संघको साधारण सदस्य हुनुभएको हो । २०६० सालमा सल्लाहकार, २०६२ सालमा सचिव र २०६४ सालपछि २०७३ सालसम्म संघको महासचिव र २०७३ सालदेखि २०७९ सम्म उपाध्यक्ष रहनुभएको हो । उहाँ २०७९ बाट संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो । यस्तै आजबाट उहाँ नेपाल राष्ट्रिय व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्षको समेत जिम्मेवारी पाउनुभयो ।